बुद्ध एयरको कार्गो सेवामा ‘कार्गो ट्र्याकिङ’ सुविधा

काठमाडौँ । बुद्ध एयरले लामो समयदेखि यात्रुहरूलाई सुरक्षित विमान सेवा दिँदै आएको छ । बुद्ध एयरको राष्ट्रिय र अन्तर्राष्ट्रिय उडानले गर्दा यात्रुहरूलाई गन्तव्यमा पुग्न सहज भएको देखिन्छ ।

बुद्ध एयरबाट यात्रा गर्न चाहने अशक्त, बिरामी, हिँडडुल गर्न नसक्ने, अपाङ्ग, वृद्धवृद्धा, गर्भवती महिला र एक्लै यात्रा गर्न नसक्ने साना बालबालिकाहरूको लागि विशेष ‘कस्टमर सर्भिस’ पनि रहेको छ । यसबाहेक ग्राहकहरूले कार्गो सर्भिस पनि लिइरहेका छन् ।

बुद्ध एयरले सबै out station बाट कार्गो सेवा दिँदै आएको बुद्ध एयरका कस्टमर सर्भिस डिभिजन इन्चार्ज सुशील पोखरेलले बताए ।
उनले कार्गो सेवाको माध्यमद्वारा Urgent cargo , perishable cargo, Medicines cargo, Pet cargo, Document and clothes र Valuable cargo जस्ता सामानलाई ग्राहकको गन्तव्यसम्म पुर्याउने गरेको बताए ।

बुद्ध एयरको कार्गो सर्भिस कत्तिको सुरक्षित छ ?

बुद्ध एयरको कार्गो सर्भिस ‘सि एन’ काटेर बुद्ध एयरबाट नै पठाएको छ भने सय प्रतिशत नै सुरक्षित रहेको बुद्ध एयरका कस्टमर सर्भिस डिभिजन इन्चार्ज सुशील पोखरेलले बताए ।

पोखरेलले भने ‘यदि सि एन काटेर बुद्ध एयरबाट नै उडाको छ भने उसको कार्गो सय प्रतिशत नै सुरक्षित छ ।’
उनले ग्राहकवर्गलाई कार्गो सर्भिस लिँदा बुद्ध एयरको कार्गो अफिस सिनामंगल र एयरपोर्ट बाट नै सेवा लिन अनुरोध गरेका छन् ।

बुद्ध एयरको वेब साइटमा र अप्लिकेसन गएर ग्राहकले पाएको कार्गो नम्बर हालेर सामानलाई ट्राकिङ्ग गर्न पनि सकिन्छ । उनले भने ‘वेब साइटमा र अप्लिकेसन कार्गो नम्बर हालेर ट्र्याक गर्दा कार्गो का पुग्यो भनेर घर बसी बसी हेर्न सकिन्छ ।’

इन्चार्ज पोखरेलले ग्राहकहरूलाई ढुक्कसँग कार्गो पठाउन अनुरोध गरे ।

उनले भने ‘पछिल्लो समयमा बुद्ध एयरको नाम बेचर, हाम्रो कन्साइनलाई इडिट गरेर त्यसमा आफ्नो नाम राखेर अनलाइन ठगी भयो भन्ने धरै नै कम्प्लेनहरू आइरहेको छ । यो भन्दा अगाडिको केसेसमा पनि हामी कानुनी उपचारमा गइसकेका छौँ । अब पनि कुनै केसमा बुद्ध एयरको नाम राखेर ठगी गर्यो भने बुद्ध एयरले कुनैपनि हालतमा सहदैन् । कानुनी प्रक्रियामा अगाडि बढ्छौँ । त्यसकारण सबैजनालाई सचेत हुन म अनुरोध गर्न चाहन्छु ।’

इन्चार्ज पोखरेलले बुद्ध एयरको नाम राखेर अनलाइन ठगी भएमा कुनैपनि हालतमा नसहने र कानुनी उपचारमा जाने बताए ।
ग्राहकहरूलाई कुनै ठगी हुने शङ्का लागेमा सामान लैजाने व्यक्ति वा कम्पनीको बारेमा बुद्ध एयरमा सम्पर्क गर्न र सही सूचना लिन अनुरोध गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *