नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर थुनामा, छोरा सन्दिप छुट्ने

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशले थुनामा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझीका बाबु(छोराको हकमा उच्च अदालत पाटनले भने फरक फरक आदेश गरेको छ।

बाबुलाई हिरासतमै राख्ने आदेश सदर गर्दा छोरालाइृ भने धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासले रायमाझीलाई धरौटीमा रिहा गर्न नसकिने निष्कर्ष निकालेको हो भने छोरा सन्दिपलाई धरौटीमा रिहा गर्न सकिने निर्णय गरेको हो।

उच्च अदालतले जिल्ला अदालत काठमाडौंको पूर्पक्षका लागि थुनामा पठाउने आदेश बदर गर्दै उनीसँग धरौटी माग गरेको हो। उच्चले उनले अभियोगमा इन्कारी बयान गरेको भन्दै उनलाई थुनामै राखिराख्नुपर्ने नदेखिएको भन्दै धरौटी माग गरेको हो।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश गरेको हो। उच्चले रकम वा बैंकको जमानत राखेर थुनामुक्त हुनसक्ने भनिएको छ। उच्चको आदेशपछि उनी धरौटीमा रिहा हुनसक्ने देखिन्छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री रायमाझी पूर्पक्षका लागि थुनामा पठाउने आदेश हुँदा सन्दिपको हकमा भने धरौटी माग गरेको हो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *