सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड कायम, तोलाको कति पुग्यो ?
मकालु खबर
२०८० मंसिर १७ गते
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० रुपैयाँ पुगेको छ । अहिलेसम्म नेपाली बजारमा सुनको मूल्य यो उचाइमा पुगेको थिएन ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम थियो । आज तेजाबी सुनको मूल्य १ लाख २० हजार २०० रुपैयाँ कायम छ ।
आज चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४५ रुपैयाँ कायम भएको छ । यो गत शुक्रबारको तुलनामा ५ रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार मूल्य तोलामा १५ सय ४० रुपैयाँ कायम थियो ।
मकालु खबर
२०८० मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित