हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–सांघाई उडान सुरु
काठमाडौँ । हिमालय एयरलाइन्सले काठमाडौं–सांघाई उडान सुरु गरेको छ ।
हिमालय एयरलाइन्सले शनिवार नेपालको राजधानी काठमाडौंबाट चीनको आर्थिक हब सांघाईमा आफ्नो उद्घाटन उडान सुरु गरेको हो ।
एच ९७८० उडान १४१ यात्रु लिएर बिहान उडेको थियो भने एच ९७८१ उडान साँझ ९५ यात्रु लिएर काठमाडौं फर्कने कार्यक्रम छ ।
एयरलाइन्सले हरेक शनिवार ए ३२० विमानमा काठमाडौँदेखि सांघाईसम्म राउण्ड ट्रिप सञ्चालन गर्दै आएको छ भने डिसेम्बर २० देखि २७ जनवरी २०२४ सम्म हप्तामा दुईवटा उडान तालिका रहेको छ । सन् २०१४ को अगस्टमा नेपाल–चीन संयुक्त लगानीमा स्थापना भएको काठमाडौँस्थित अपरेटरले जुनमा काठमाडौं र बेइजिङबीचको सिधा उडान पुनः सुरु गरेको हो ।
सेप्टेम्बरमा काठमाडौंबाट पूर्वी चीनको तटीय सहर छिङदाओमा सिधा उडान सुरु गरेको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर सि युले नयाँ उडानले पूर्वी चीनबाट धेरै पर्यटक नेपाल आउने विश्वास व्यक्त गरे ।
नयाँ रुटले नेपाल र चीनबीचको पर्यटन र व्यापार प्रवर्द्धनमा टेवा विश्वास छ । पर्यटन क्षेत्र नेपालको लागि प्रमुख विदेशी मुद्रा आर्जन गर्ने र रोजगारी सिर्जना गर्ने क्षेत्र हो ।