शौर्य सिमेन्टकोे क्लिङ्कर भारतमा निर्यात

काठमाडौँ । शौर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो क्लिङ्कर उत्पादनलाई छिमेकी राष्ट्र भारत तर्फ निर्यात सुरुवात गरेको छ ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रम अन्तर्गत मिति २०८०/०८/१६ गते देखि क्लिङ्कर औपचारिक कार्यक्रम माझ शौर्य सिमेन्टका प्लाण्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काद्वारा संयुक्त रुपमा रिबन काटी निर्यातको सुरुवात गरिएको हो ।

उदयपुरको चुनढुङ्गाबाट उत्पादन गरिएको यस क्लिङ्कर तथा सिमेन्टमा उच्चस्तरीय चुनढुङ्गा सम्मिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको छ ।

उद्योगले माघ २०७८ बाट व्यावसायिक उत्पादन सुरुवात गरेको यस उद्योगको क्षमता ३ हजार मे.ट. क्षमता रहेको छ ।

व्यावसायिक घराना शङ्कर ग्रुप, गोल्छा ग्रुप तथा अम्बे ग्रुपको संयुक्त लगानीमा सिराहाको मिचैयामा अवस्थित यस उद्योगले एपिसि (५३ ग्रेड,४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *