न्युरोडबाट करिब ७ किलो सुन बरामद, पाण्डेमाथि अनुसन्धान

काठमाडौं । प्रहरीले न्युरोडबाट करिब ७ किलो सुन बरामद गरेको छ ।

सुनसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कैलाली घर भई नागार्जुन बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डेलाई पक्राउ गरेको छ । पाण्डेको न्युरोडमा सुन गाल्ने कारखाना छ ।

कारखानामा छापा मार्दा सो परिमाणमा सुन बरामद भएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने काम भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रियापुर्‍याएर जोख्ने काम सकिएपछि यकिन परिमाण आउनेछ ।

प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो पनि पढ्नुहोस्ः न्यूरोडको सुन गाल्ने कारखानामा छापा : कैलालीका पाण्डे पक्राउ, बरामद सुन जोखिँदै 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *