तीन बुँदामा हेर्नुहोस् आजको मन्त्रिपरिषद्का निर्णय
काठमाडौँ । सिंहदरमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । एनसेल प्रकरण छानविनको लागि समिति गठन गर्नेदेखि खानेपानी तथा महसुल निर्धारण आयोगको अध्यक्ष नियुक्त गर्नेसम्मका निर्णय आजको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
- तीन बुँदामा हेर्नुहोस् निर्णय :-
१. दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गर्ने ।
सदस्यः फणीन्द्र गौतम, सचिव- नेपाल सरकार
सदस्यः रितेशकुमार शाक्य, सहसचिव- अर्थ मन्त्रालय
सदस्यः बाबुराम भण्डारी, सहसचिव- सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
सदस्यः सुजनकुमार काफ्ले, अध्यक्ष- आइक्यान
२. खानेपानी तथा महसुल निर्धारण आयोगको रिक्त अध्यक्ष पदमा श्री रुद्रप्रसाद गौतमलाई तथा सदस्य पदमा श्री यशोदा कार्की र श्री कुलभूषण शर्मालाई नियुक्त गर्ने ।
३. विश्व बैंकबाट ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम पहिलो चरण’को लागि प्राप्त हुने सहायतासम्बन्धी वार्ता गर्नका लागि अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गरी वार्ता गर्न अख्तियारी दिने ।