नेपाल सुपर लिगमा चितवनलाई हराउँदै ललितपुर शीर्ष स्थानमा
मकालु खबर
२०८० मंसिर २४ गते
नेपाल सुपर लिगमा ललितपुर सिटी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार दशरथ रंगशालामा एफसी चितवनलाई ३–१ गोल अन्तरले हराउँदै ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
खेलको १९ औं मिनेटमा पापा इबु केबेको गोलमा ललितपुरले खेलमा अग्रता बनाएको थियो ।
दोस्रो हाफको सुरुवातमा ललितपुरले दोस्रो गोल थप्यो । ललितपुरका विवेक पौडेलले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको अन्तिम मिनेटमा राफिक अमिनोले गोल गर्दै चितवनलाई खेलमा फर्काउने संकेत गरे।
तर इन्जुरी समयमा ललितपुरले पेनाल्टी पायो र पापा इबु केबेले गोल गर्दै ललितपुरको जित सुनिश्चित गरे।
खेलको अन्तिम मिनेट चितवन १० खेलाडीमा सिमित हुन पुगेको थियो । दोहोरो पहेलो कार्ड खादै उत्सव राईले मैदान छाडे।
ललितपुरले ५ खेलबाट ९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। चितवन ५ अंकसहित पाँचौं स्थानमा छ।
मकालु खबर
२०८० मंसिर २४ गते
प्रतिक्रिया
सम्बन्धित