नेपाल सुपर लिगमा काठमाडौँ विजयी

नेपाल सुपर लिग फुटबल प्रतियोगितामा काठमाडौँ रेजर्सले पोखरा थन्डर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा काठमाडौँले पोखरालाई २-१ गोलअन्तरले पराजित गर्‍यो।
खेलको दोस्रो हाफको अतिरिक्त समयमा जोकिर उगली शोख्रुखले गोल गरेपछि काठमाडौँको जित पक्का भएको थियो। त्यसअघि खेलको ५९औँ मिनेटमा पोखराका खेलाडी आयुष घलानले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए।
तर काठमाडौँका खेलाडी एनकुनगुए जुनियरले खेलको ८३औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक(एक गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा शोख्रुखले गोल गर्दै काठमाडौँको जित पक्का गरे।
यस जितसँगै काठमाडौँले पाँच खेलमा आठ अङ्क जोडेको छ। त्यस्तै समान खेल खेलेको पोखराको पनि समान आठ अङ्क नै छ । भोलि दशरथ रङ्गशालामा साँझ ५ बजे हुने खेलमा झापा फुटबल क्लब र बुटवल लुम्बिनी एफसीबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *