युनिलिभरको ३० औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।
बुधवार कम्पनीका अध्यक्ष श्री देव बाजपेइ र प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीको समुपस्थितिमा सम्पन्न भएको हो ।
युनिलिभर नेपाल लिमिटेडले अतुलनीय लाभांश प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पुर्याएको छ, जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका सेयर धनीहरू यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभांश प्रति शेयर रु.१५८० का साथ लाभान्वित हुने भएका छन् ।
युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव ‘हरेक घरमा, हरेक मनमा’ भन्ने नाराका साथ मनाइरहेको छ ।
समारोहमा युनिलिभर नेपाल लिमिटेडका अध्यक्ष श्री देव बाजपेइले सबै सेयर धनीहरू, नियामक निकायहरु, कर्मचारीहरू र अन्य सरोकारवालाहरूलाई धन्यवाद दिँदै भने ‘न्यून लगानी, जैविक विविधतामा देखिएको नकारात्मक असर, भूराजनीतिक टकराब, सामाजिक ध्रुवीकरण, र साइबर असुरक्षालाई बढी जोड दिइएको छ किनकि विश्वव्यापी जोखिमहरू केही समयको लागि यसैको वरपर रहने अपेक्षा गरिएको छ । यहाँ, हामी अबको यात्रा कठिन हुन सक्ने अपेक्षा गर्न सक्छौँ, तर हामी विश्वस्त छौं कि यसलाई हामी अत्यन्त लगनशीलताका साथ व्यवस्थापन गर्न सक्षम हुनेछौँ । युनिलिभर नेपाल लिमिटेडको व्यापक आपूर्ति सञ्जाल, चुस्त ग्राहक व्यवस्थापनयुक्त उद्देश्यपूर्ण बजार प्रवर्द्धनका साथ अघि बढ्ने क्रममा हामीसँग आगामी आर्थिक वर्षमा र त्यसभन्दा पछिका लागि भौगोलिक, खरिद, मानव पुँजी, प्रविधि, समावेशिता र स्थायित्वमा देखा परेका व्यवधानहरू हटाउँदै अगाडी बढ्ने प्रशस्त अवसरहरू रहेका छन् ।’
सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको रु।१५४।२ करोडबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए ।
उनले यो अद्भूत सफलता उत्पादनहरूको स्थानीयकरणमा गरिएको प्रयासहरू, प्रभावकारितामार्फत गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरूले युनिलिभरको ब्रान्डहरूमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोमा जोड दिए ।
प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने ‘हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो सञ्चालन पुँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन ।’
युनिलिभर नेपाल लिमिटेडको ८५ प्रतिशत शेयर संस्थापक सेयर धनीहरूको रहेको छ भनेँ बाँकी १५ प्रतिशत शेयर सर्वसाधारणहरूको रहेको छ ।