महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत
मकालु खबर
२०८० मंसिर २७ गते
काठमाडौँ । संघीय संसद्को महासचिव डा. भरतराज गौतमको राजीनामा स्वीकृत भएको छ ।
महासचिव गौतमले मंसिर २४ गतेदेखि लानुहुने गरि आफ्नो पदबाट राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले सोही मितिबाट लानुहुने गरि बुधवार राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मकालु खबर
२०८० मंसिर २७ गते
प्रतिक्रिया
सम्बन्धित