नेपाल सुपर लिग : धनगढी शीर्ष स्थानमा

नेपाल सुपर लिग फुटबलमा अपराजित यात्रा कायम राख्दै धनगढी एफसी शीर्ष स्थानमा उक्लिएको छ ।

जारी सिजन लगातार ५ खेलमा अपराजित रहेको धनगढीले बिहीबार दशरथ रंगशालामा एफसी चितवनलाई १–० ले हरायो । खेलको दोस्रो मिनेटमै धनगढीका ओलावाले आफिजले निर्णायक गोल गरे।

चितवनले पेनाल्टीको अवसर पाउँदा पनि गोल गर्न असफल भयो। धनगढीका गोल रक्षक टिकेन्द्र थापाले चितवनका विमल घर्ती मगरको पेनाल्टी विफल बनाए।

यो जितपछि धनगढीको ५ खेलबाट ११ अंक छ । दोस्रो स्थानमा रहेको ललितपुर सिटीको ५ खेलबाटै ९ अंक छ । पराजित चितवन भने पुछारबाट दोस्रो स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *