पहिचानवादीले पराल बोकेको गाडी जलाए
मकालु खबर
२०८० पुस १ गते
काठमाडौँ । पहिचान पक्षधर बन्दकर्ताले इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको गाडीमा आगजनी गरेका छन् । झापाबाट पराल लिएर आएको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा कुदाएको भन्दै शनिबार साँझ बन्दकर्ताले रोकेर आगजनी गरेका हुन् ।
बन्दकर्ताले आगो लगाउँदा पिकअप पूर्ण रुपमा जलेको छ । बन्दकर्ताले चालकलाई ओरालेर पिकअपमा आगो लगाएको स्थानीयले जानकारी दिएका छन् । मेची राजमार्गमा बन्दकर्ताले दिनभर विभिन्न ठाउँमा यातायात अवरुद्ध गरेका थिए । बन्दको समयमा सुरक्षा नदिएको भन्दै यातायात व्यवसायीले सरकारसँग गुनासो गरेका छन् ।
कोशी प्रदेशको नामकरण सच्याउन माग गर्दै आन्दोलनरत पक्षले हिजो र आज मेची राजमार्ग बन्द आह्वान गरेको छ । उनीहरूले आफ्ना कार्यकर्ता रिहाइको माग गरेका छन् ।
मकालु खबर
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित