मन्त्री हेरफेरबारे छलफल भएको छैन : मन्त्री शर्मा
मकालु खबर
२०८० पुस १ गते
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी छन् ।
आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।
उनले जिम्मेवारी हेरफेरका कुरा उठे पनि त्यसबारे कुनै छलफल नभएको र आवश्यकता अनुसार त्यस्तो हुँदैन भन्ने होइन तर अहिले छलफल नभएको बताएकी हुन् ।
अहिले मन्त्रीहरू परिवर्तन हुन्छन् कि भन्ने नसोच्न पनि आग्रह उनले गरिन् । उनले बाहिर आएको जस्तो हल्ला गठबन्धन र राजनीतिक दलहरू भित्र छलफलको विषय नबनेको बताइन् ।
सरकारले लय नगुमाएको र आफ्नो उद्देश्य अनुसार नै अघि बढिरहेको मन्त्री शर्माले दाबी गरिन् । सरकारको प्राथमिकता समृद्धि, सुशासन र सेवा प्रवाह सहज बनाउने रहेको र त्यसमा काम गरिरहेको उनको दाबी छ ।
मकालु खबर
२०८० पुस १ गते
प्रतिक्रिया
सम्बन्धित