मकालु अन्तर्वार्ता

‘नाच्ने गाउने हिरोनी भनेको के हो म बुझ्दिँन’ – पशुपति राई

मैले पशुपति राईलाई पहिलोपल्ट विराटनगरमा देखेको थिएँ । विराटनगरस्थित आरोहण गुरुकुलमा उनले खेलेको ‘खरिको घेरो’ नाटक चलिरहेको थियो । त्यो दिन उनको नाटक हेरेपछि नै म नाटकतिर आकर्षित भएको थिएँ । 

पछि काठमाडौँ आएपछि उनीसँगको चिनजान झनै मिठो बन्यो । ‘एन्टिगोनी’ नाटकले गरेको भारत यात्रामा म पनि सहभागी भएको थिएँ । उनको अभिनय यात्रालाई अझै नजिकबाट बुझ्न पाएको थिएँ । त्यो बाहेक पनि नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा उहाँका धेरै सेसनहरू पनि हेर्ने सुन्ने मौका पाएको थिएँ ।

त्यो बिचमा उनले नाटक पनि खेलिराखिन् र फिल्म पनि । तर धेरैमा उनको भूमिका मुख्य हुँदैन थियो । नेपाली रङ्गमञ्चको एउटा सशक्त कलाकार भएर पनि आफ्ना समकालीन कलाकारहरू नेपाली सिनेमाको उचाइमा पुगिरहँदा उनको यात्रा भने कतै अलमलिएको जस्तो भएको थियो । 

तर संभबत त्यसले कुनै बलियो कुरा पर्खिरहेको थियो सायद । वर्ष २०२३ उनको लागि त्यस्तै बनेर आयो । उनले खेलेको नवीन सुब्बा निर्देशक फिल्म ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भयो । सँगै बुसान अनि मामी जस्ता अन्तर्राष्ट्रिय स्तरमा फेस्टिभलहरूमा पुग्यो । रङ्गमञ्चमार्फत विश्वका धेरै देशहरूमा पुगेकी उनी फिल्ममार्फत पुन त्यो यात्रामा निस्किइन् ।

हामीले मकालुमा विट्विन द लाइन्स सुरु गर्दा पनि उनी यात्रामा नै थिइन् । व्यस्त थिइन् । 

‘तपाईँ मेरो गेस्ट लिस्टमा हुनुहुन्छ है दिदी’ मैले एक दिन उनलाई म्यासेज गरेको थिएँ । उनी त्यो बेला पनि यात्रामा नै थिइन् ।

‘म काठमान्डु आएपछि भन्छु नि है ।’ उनले भनिन् ।

त्यसपछि दसैँ तिहार आयो । हामीले सुरुवाततिर नै गर्ने भनेको अन्तर्वार्ता पछाडि सर्‍यो । तर लामो समय पर्खिनु भने परेन । 

‘अब चाहिँ भेट्न मिल्छ भने भेटौँ दिदी ।’ मैले एक दिन पुनः सम्झाएँ । 

‘अहिले काठमान्डु मै छु । मिल्छ भनेँ भोली गरौँ ।’ उनले जवाफ दिइन् । 

हामीले दिन निश्चित गर्‍यौँ । कुराकानी गर्‍यौँ । 

मैले उनलाई चर्चित फिल्म फेस्टिभल घुमेर आएपछिको महसुसहरू बारेमा सोध्न थालेँ । कस्ता कस्ता कुराहरू ध्यान दिइरहेकी छन् सोधेँ । अनि थपेँ ‘एउटा कलाकारलाई सानो कुरा ध्यान दिँदाको फाइदा कसरी हुन्छ?’

उनले यात्राको बारेमा कुरा गरिन् । आफ्नो अभिनय क्षेत्रको बारेमा कुरा गरिन् । महिला कलाकार भएर नेपाली नाटक वा सिनेमामा काम गर्दाको अनुभव सम्झिइन् । पब्लिक बसहरू चढ्न थालेपछि थाहा पाएका कुराहरू सुनाइन् । अनि भनिन् ‘म महिला भएको हिसाबले चैँ कति कति कुरामा हुँदैन भन्छन् भन्ने कुरा मैले काठमाण्डौमा नै आएर थाहा पाएको हुँ ।’ 

हेर्नुहोस् उनीसँग गरिएको थप कुराकानी । तलको टाइम स्ट्याम्पमा गएर सिधै सुन्न र हेर्न सकिन्छ । 

0:00 – 1:15 – अन्तर्वार्ताको सुरुवात

1:16 – सानो सानो कुराहरू के हेरिरहनुभएको छ अहिले? के देखिरहनुभएको छ?

3:34 – एउटा कलाकारलाई सानो कुरा ध्यान दिँदाको फाइदा कसरी हुन्छ?

6:31 – तपाईँले यात्रा कहाँबाट गर्न थाल्नुभएको? यात्राले तपाईँलाई के दिन्छ? [सानो उमेरबाट नै यात्रा गर्दाको कुरा]

10:19 – तपाईँ यात्रामा के खोज्नुहुन्छ? के मनपर्छ?

13:27 – यात्राले तपाईँलाई के प्रभाव पारेको छ? यात्राले के गरायो जस्तो लाग्छ?

15:41 – आफूले अभिनय क्षेत्रमा बिताएको समय कसरी बिताएको जस्तो लाग्छ?

18:53 – आफ्नो रफ फेजको बारेमा बताउनु न ।

24:21 – आफ्नो समुदायमा महिला कलाकार हुनलाई कस्तो थियो?

28:30 – सौन्दर्यको स्ट्याण्डर्डको बारेमा तपाईँ के भन्नुहुन्छ? महिलाहरूलाई सो केस बनाउन खोजेको जस्तो देख्छ नि । यसमा के भन्न चाहनुहुन्छ? [किस्तीको कुरा]

33:52 – हिरो र हिरोइनको उमेरको टाइम स्पान फरक छ । यस्तो किन छ? कथा लेखिएर आएपछि त त्यो पर्दैन नि हैन?

38:42 – तपाईँको बिचारलाई भन्न सबैभन्दा मजा आएको नाटक कुन हो?

42:09 – तपाईँको बिचारसँग पटक्कै नमिलेको नाटक?

43:03 – ‘गाउँ आएको बाटो’ फिल्मको लागि आँखामा काम गर्दाको प्रसङ्ग सुनाउनु न । [थिएटरको अभिनय भर्सेस फिल्मको अभिनय]

51:02 – ‘गाउँ आएको बाटो’ फिल्मलाई बाहिरको फेस्टिभलहरूले कसरी लियो?

53:09 – उनीहरूले कस्तो कस्तो प्रश्नहरू सोध्दोरहेछन्?

55:27 – तपाईँले अरू फिल्महरू कस्तो कस्तो हेर्नुभयो?

59:09 – ‘गाउँ आएको बाटो’लाई नेपाली फिल्म हैन भन्दिन्छन् भन्ने डर छ भनेर किन भन्नुभएको?

1:01:21 – समुदायको कथा भन्नु अहिलेको समयमा झन् किन जरुरी छ?

1:03:52 – समुदायको कथा भन्नलाई अहिलेको अप्ठ्यारो के छ?

1:10:11 – तपाईँलाई के कुराले खुसी बनाउँछ?

1:11:03 – तपाईँलाई के ले दुखी बनाउँछ?

1:13:31 – तपाईँलाई के ले आशावादी बनाउँछ?

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *