‘एक्सन रुम’ मा बसेर प्रधानमन्त्री प्रचण्डले गरे दुई सडक आयोजनाको अनुगमन

काठमाडौँ । सिंहदरबारस्थित कार्यालयमा रहेको ‘एक्सन रुम’ बाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई सडक आयोजनाको अनुगमन गरेका छन् ।

सोमबार उनले अपराह्न एक्सन रुममा बसेर नारायणघाट–बुटवल सडक र मुग्लिङ–पोखरा सडक आयोजनाको अनुगमन गरेका हुन् ।

मुख्य सचिव डा. बैकुण्ठ अर्यालका अनुसार सर्वसाधारणको गुनासो बढेपछि प्रधानमन्त्री प्रचण्डले एक्सन रुमबाट अनुगमन गरेका हुन् ।

दुवै सडक आयोजना ठेकदारको ढिलासुस्तीका कारण निर्माण सम्पन्न भएको छैन । ठेकेदारलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पटकपटक चेतावनी समेत दिँदै आएको छ ।

डेढदेखि दुई घण्टा लाग्ने नारायणघाट बुटवलको बाटो अहिले चारदेखि पाँच घण्टासम्म यात्रा गर्नुपर्ने बाध्यता छ । मुग्लीनदेखि पोखरासम्मको साँघुर बाटो बिस्तार गर्ने योजनाको काममा पनि ढिलासुस्ती हुँदै आएको गुनासो प्रधानमन्त्री कार्यालयसम्म पुग्दै आएको छ ।

अनुगमनका क्रममा रुममा प्रधानमन्त्रीसँगै मुख्य सचिव अर्याल, प्रधानमन्त्री कार्यालयकै सचिवहरु, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, सचिव केशव कुमार शर्मा सडक विभागका प्रमुख शुशीलबाबु ढकाल उपस्थित छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *