संघ र प्रदेशले सहयोग गरेनन्, सम्झन योग्य काम गर्नेछु : विन्दु रावल

काठमाडौं । अछामको बान्नीगढी जयगढ गाउँपालिकाकी उपाध्यक्ष विन्दु रावल जनप्रतिनिधि मात्रै नभएर महिला अधिकारकर्मी पनि हुन् । महिलाको हकहितको लागि आवाज उठाउँदा उठाउँदै उनी जनप्रतिनिधि बनिन् । अहिले उनी बोलेर होइन गरेर देखाउने ठाउँमा पुगेकी छन् । एउटै पार्टी नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवार बनेका लोकेन्द्र साउँद पराजित हुँदा उनी भने उपाध्यक्षमा निर्वाचित हुन सफल भइन् । उनै उपाध्यक्ष विन्दु रावलसँग गाउँपालिकाको अवस्था, पालिकाले अगाडि बढाएका गतिविधिका बारेमा मकालुखबरकर्मी विष्णुमाया श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश

मकालुखबरमा तपाईँलाई हार्दिक स्वागत छ !
धन्यवाद !

बान्नीगढी जयगढ गाउँपालिकामा निर्वाचित भएपछि कसरी काम गर्दै हुनुहुन्छ ?
म वान्नीगढी जयगढ गाउँपालिकामा निर्वाचित भएको १८/१९ महिना भयो । त्यस दौरानमा प्रत्येक महिनामा कार्यपालिकाको बैठक बसिन्छ, उक्त बैठकबाट छलफल गरि निष्कर्ष निकाल्ने गरि कार्यहरू गरेका छौं । अब दुई तिन ओटा मुख्य काममा छौं हामी । त्यसमध्ये एउटा जयगढमा बृहत् खानेपानी छ, त्यसको प्रक्रियामा छौं । अर्को भनेको बान्नीगढी गाउँपालिकामा विगत ५ वर्ष देखि नबनेको भवन छ, त्यो भवनको टेन्डर भइसक्यो, काम अगाडि बढ्दै छ । त्यसै गरि अर्को बान्नीगढी गाउँपालिकामा एउटा डंपिङ साइडको व्यवस्थापन गरेको छौं । ती लगायतका विषय बस्तुहरूमा प्रतिक्रियात्मक रुपमा अगाडि बढेका छौं । पालिकाका शाखाहरूले गर्ने कामहरु ती नियमित हुने नै भए, त्यो बाहेक अरु क्रियाकलापहरूमा विषयगत समितिहरू सँग बस्ने विषयगत शाखाहरूसँग बस्ने छलफल गर्छौं त्यसरी नै कामहरु गर्ने गरेका छौँ ।

चुनावी प्रतिबद्धताअनुसार कति काम भए कति बाँकी छन् ?
चुनाव जिते पश्चात् सानो सानो नीति निर्माणका तहले आठ नौ ओटा कार्य विधिहरू पास गरेका छौँ । सानो सानो विषय बस्तुको कुराकानी गर्दा चुनावमा बाचा गरेका कुराहरू वडा स्तरमा, टोल स्तरमा र पालिका स्तरमा लगायत साना तिना आयोजनाहरूको काम निरन्तर रुपमा अगाडि बढिरहेका छन् । चुनावी प्रतिबद्धता अनुसार नै काम गरेका छौं ।

कस्ता योजनाहरूलाई प्राथमिकता दिनुभएको छ ?
योजनाको हकमा कुरा गर्दा, एक त जनताको आवश्यकता पनि हुन पर्‍यो , त्यहाँ के कस्ता आवश्यकहरू छन् ? त्यहाँ आवश्यक केही छ कि छैन बुझ्न पर्‍यो र त्यहाँको समाजले आवश्यकता अनुसार हामीलाई यो कुराको आवश्यक छ भने कुन कुराहरूको आवश्यकता छ त्यसै अनुरूप काम भएका छन् । योजना छनोट पनि त्यसरी नै हुन्छ । जस्तै खानेपानीको आवश्यकता छ,अन्य कुलोका कुराहरू होस् वा अरु जुनसुकै विषय वस्तुहरू होस् आवश्यकता अनुसार समुदायमा छलफल गछौं र फेरी वडा स्तरमा छलफल हुन्छ, त्यसपछि सिफारिस भएर पालिकामा आउँछन् फेरि पालिकाले बजेट विनियोजन गरेर काम गरिरहेका छौं । योजना छनोट जनताको आवश्यकता अनुसार हुन्छन् ।

आन्तरिक स्रोत कस्तो छ ? प्रदेश तथा सङ्घीय सरकारसँग कसरी समन्वय गरिरहनु भएको छ ?
वान्नीगढी जयगढ गाउँपालिकाको आन्तरिक स्रोत भनेको हामीले गत वर्ष ३० लाख रुपैयाँको आन्तरिक स्रोत भन्ने खालको थियो । सानो पालिका स्रोतहरू पनि थोरै खास आम्दानीको स्रोत भनेको त्यही डोजर र एम्बुलेन्स हो, एम्बुलेन्स पनि सामाजिक विकास मन्त्रालयले दिएको थियो । त्यो काम नगर्ने भएकोले चौबीस लाख रुपैयाँ राजश्व सङ्कलन भएको गत आर्थिक विषय सामान्य कुराबाट भयो । यो वर्षमा हामीले ४० लाख रुपैयाँको अनुमान गरेका छौं । आन्तरिक स्रोतको कुरा गर्दा अहिले दश लाख रुपैयाँ मात्र उठेको छ । सघं र प्रदेशको समन्वयको कुरा गर्दा सङ्घमा योजनाहरू प्रकृयाकरण गर्ने, गाउँपालिकाले पठाउने, कार्यपालिकाले निर्णय गर्ने पठाउने कुराहरू पक्रिया गत हिसाबले त्यसरी पठाउँछौँ । तर हाम्रो पनि आफ्नो पहुँच नपुगेको हो कि उनीहरूले नै दिन नचाहनु भएको हो । जति औपचारिक रुपमा हामीले संघ सरकारलाई प्रदेश सरकारलाई जुन योजनाहरू कार्यपालिकाले निर्णय गरेर छलफल गरेर पत्र पटाउँछौँ तर यो यी माग गरेका योजनाहरू अहिले सम्म छनोटमा भने परेका छैनन् । संघ र प्रदेश सरकारको नजरमा हामी परेका छैनौँ ।

अन्य पालिकाभन्दा वान्नीगढी जयगढ गाउँपालिका फरक छ भनेर कसरी देखाउने योजना के छ ?
भौगोलिक दृष्टिकोणले बनेको एकदमै सानो मिलेको पालिका हो हाम्रो । अरु पालिका भन्दा छुट्टै छ, हाम्रो पालिका भन्नाको हिसाबले अहिले एक घर एक खानेपानी धारा, एक मिटर भन्ने प्रविधि भन्दा प्रत्येक घरमा खानेपानी जस्तै नेपाल सरकारको नियम नीति अनुसार एउटा घरमा एउटा धारा मिटर प्रविधिबाट सञ्चालन गर्ने भन्ने सुचारु गरेका छौं । अरूपालिका भन्दा छुट्टै खालको चिनाउन लायक अरु पालिकाको जस्तो देखाउन अहिले त्यस्तो केही छैन । तर हामी जनताको चाहना र योजना अनुसार काम गरिरहेका जनता खुसी छन् ।

तपाई आफैँ पनि महिला हुनुहुन्छ । महिलाको क्षेत्रमा कसरी काम गर्दै हुनुहुन्छ ?
न्यायिक समिति अन्तर्गत पनि कतिपय कामहरु महिलाको क्षेत्रमा नै बजेट विनियोजन गरेका छौं । महिला र बालबालिकाहरूसँग समन्वय भएर पनि कतिपय कामहरु सुरु भएका छन् । अर्को भनेको उपभोक्ता समितिसँग प्राय जसो महिलाहरूको सहभागिता हुन पर्ने अथवा नेपाल सरकारको नीति अनुसार महिलाहरूलाई अध्यक्ष बनाउन पर्ने भन्ने छ त्यसरी नै प्रक्रिया अनुसार हामी अगाडि बढिरहेका छौं ।

युवाहरूलाई रोजगारी दिने केही योजना छन् की ?
अहिलेको परिस्थितिमा भन्नु पर्दा वैदेशिक यात्रामा दौडन पर्ने र धेरै खालको आम्दानी हुने खालको प्रक्रियामा अगाडि बढी रहेका छौं । गाउँमा एकदमै धेरै जग्गा जमिनहरू बाँझो र जनशक्तिहरूको अभावहरू देखिएको छ । युवाहरूको उद्यमीका लागि बाख्रा व्यवसाय, कुखुरा व्यवसायहरू र कृषि फर्महरूमा लगानी गर्ने खालको कामहरु गरिरहेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *