नेपाल सुपर लिगमा धनगढी र काठमाडौंको बराबरी

नेपाल सुपर लिगमा धनगढी एफसी र काठमाडौं रेजर्सले बराबरी खेलेका छन्।

धनगढी रंगशालामा सोमबार भएको खेलमा धनगढी र काठमाडौंले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलमा अग्रता धनगढीले १५ औं मिनेटमा अहमद हिजाजीको गोलमा लिएपनि त्यसलाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो।

काठमाडौंका लागि खेलको ६६ औ मिनेटमा फ्रिकिकबाट प्राप्त क्रसमा ओलिभर किङ्गेले हेडमार्फत गोल गरे।

बराबरी पछि पनि धनगढी तालिकाको शीर्ष स्थानमा यथावत छ। धनगढीले ६ खेलको समाप्तिमा स्पष्ट एक अंकको अग्रता लिएको छ । काठमाडौं ९ अंक जोड्दै तालिकाको शीर्ष चारभित्र आफुलाई सुरक्षित राखेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *