चाडपर्व लक्षित कुमारी बैंकको ‘फेस्टिभल अफर’ सार्वजनिक

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा आफ्ना ग्राहकहरूलाई आकर्षक छुट तथा अफरहरू प्रदान गर्ने निर्णय गरेको छ ।

पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वर्ष सम्म डेबिट कार्ड, मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्ग सुविधाहरू निःशुल्क प्रदान गर्नेछ भने सो खातामा न्यूनतम रकम रु एक हजार हुनुपर्ने बैंकले जनाएको छ ।

उक्त सुविधाहरू नागरिक बचत खातामा मात्र लागु हुनेछ ।

बैंकले डिजिटल बैंकिङ्ग सेवाहरूलाई प्रोत्साहन गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्याउन सदैव तत्पर रहने जनाएको छ ।

देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *