नेपाल युके सम्बन्धको सय वर्ष पूरा

काठमाडौं । नेपाल र संयुक्त अधिराज्य(युके)बीच दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको छ ।

नेपाल र संयुक्त अधिराज्य(युके)का बीचमा सन् १९२३ डिसेम्बर २१ मा दौत्य सम्बन्ध कायम भएको थियो । बिहीवार नेपाल र युकेका बीचमा दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको हो ।

दौत्य सम्बन्ध कायम भएको सय वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले नेपाल–युके सम्बन्धको सय वर्ष मित्रता, आपसी सहयोग र सद्भावका साथ अगाडी बढेको बताए ।

उनले दुई देशका बीचमा राजनीतिक, आर्थिक, पर्यटन को क्षेत्रमा सम्बन्ध भएको उल्लेख गरे ।

त्यस्तै व्यापार, लगानी, गोर्खा सैनिकदेखि जनताको तहसम्म सम्बन्ध प्रगाढ रहेको बताए ।

दुई देशका बीचमा प्रजातन्त्र, मानव अधिकार, कानूनी शासन, स्वतन्त्रताको सवालमा एकै प्रकारको अवस्था रहेको उनले उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त अधिराज्यका राजदुत रोब फेनले नेपाल विगतदेखि नै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गरे ।

उनले अहिले नेपाल विश्वमाझ चिनिएको र नेपाल धेरै मन पराइएको राष्ट्रको रुपमा रहेको उल्लेख गरे ।

उनले नेपालको सहयोगी राष्ट्र हुन पाएकोमा युकेले गर्व गर्ने बताए ।
उनले भने – ‘नेपाल कहिल्यै पनि कसैको अधिनमा नरहेको । र कहिलेपनि उपनिवेश नभएको । एउटा सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्र हो । नेपाल आफ्नो पहिचान माथि गर्व गर्दछ । र विश्व रंगमञ्चमा आफ्नो महत्वपूर्ण भुमिका खेल्न तयार छ । विगत सय वर्षमा यो देश कुनै बेला रहस्यपूर्ण र विश्वमा राष्ट्रको रुपमा कम परिचित थियो । अहिले नेपाललाई विश्वमा चिनिएको र धेरै मन परेको देशको रुपमा रुपान्तरण भएको छ । नेपालले छिमेकी देशहरुबाट फाइदा लिने छ । नेपालको भविष्य उज्वल छ । नेपालको पहिलो सहयोगी राष्ट्र र सहयोगी हुन पाएकोमा युके गौरवान्वित गर्छ । अर्को सय वर्षको आगामी यात्राको सुखदपूर्वक प्रतिक्षा गर्दछु ।’

उनले नेपालको आगामी भविष्य उज्वल रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *