शल्यक्रिया नगरी मुटुको प्वाल टाल्ने प्रविधिले बिरामीलाई सहजता, नोवेलमा बढ्यो चाप

काठमाडाैँ । लेटाङका एक जना २३ वर्षका युवकको मुटुको प्वाल नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलमा विना शल्यक्रिया टालिएको छ । लेटाङ निवासी अमिस मगरको विना शल्यक्रिया नोवेलका मुटुरोग विशेषज्ञ प्रा. डा. राजेश नेपाल नेतृत्वको चिकित्सा टोलीले ए. एस. डी. क्लोजर (ASD Device Closure) प्रविधिबाट मुटुको जन्म जात प्वाल टालेको हो ।

करिब डेढ वर्ष अगाडी शौचालय जाने क्रममा एक्कासि लडेका उनको परिवारले केही होइन होला भनी त्यति गाभिरता पूर्वक नलिएको र छ महिना अगाडि पनि उनी फेरि बेहोसीमा लड्न पुगेका थिए । अस्पताल आउन भन्दा केही दिन पहिला यो घटना पुनः दोहोरिए पछि भने उनलाई परिवारले लेटाङमा नै जाँच गराउँदा मुटुमा प्वाल परेको थाहा भएको बिरामीकी आमाले बताइन् । उनको भनाई अनुसार लेटाङका नाम चलेका स्वास्थ्य कर्मी सिताराम लुइँटेलले रोग पत्ता लगाई नोवेलमा थप उपचारका लागि पठाएका थिए । नोवेलमा उनको विना शल्यक्रिया मुटुको प्वाल टालिएको छ ।

मुटुको प्वाल टालिए पछि बिरामी र बिरामीको आमाले चिकित्सकलाई धन्यवाद दिँदै अस्पताल सेवा प्रति खुसी व्यक्त गरे । त्यस्तै  राजविराजका २६ वर्षीय मञ्जु देवी पंण्डीतको पनि मुटुको प्वालको ए. एस. डी. डिभाइसबाट उपचार गरिएको छ । थकाई लाग्ने, हिँड्दा स्याँ स्याँ हुने, खाएको शरीरमा नलाग्ने समस्या भई उपचारका लागि नोवेल आएको उनको जम्मा तौल ३८ केजी मात्र रहेको र जाँचको क्रममा उनको मुटुको प्वालको आकार ठूलो रहेको पाइएकोले ३४ एम. एम. को ए. एस. डी. डिभाइस राखिएको थियो ।

डा. राजेश नेपालको भनाई अनुसार यो ए. एस. डी. भनेको मुटुमा हुने प्वाल हो । यो जन्म जात हुन्छ । धेरै मानिसहरूले यसलाई पहिला थाहा पाउँदैनन्, पछिमात्र थाहा पाउँछन् । किन भने लक्षण पछिमात्र देखा पर्न थाल्छ या अन्य कारणले इकोकार्डियोग्राम गर्दा थाहा हुन्छ । मुटुको प्वाल शल्यक्रिया गरेर वा नशाबाट छाता जस्तो सामाग्री (ए. एस. डी. डिभाईस) छिराएर प्वाल परेको स्थानमा टाल्ने गरिन्छ । मुटु जाँचको क्रममा टी. ई. ई. भन्ने परीक्षण गरे पश्चात् भोको रहेको ६ घण्टा पछि क्याथ ल्याबमा यो प्रक्रिया गर्ने गरिन्छ । १५ देखि २० मिनटमा हुने यो प्रक्रिया सकिएको २-३ घण्टा पछि खाना खान मिल्ने हुन्छ ।

मुटुको प्वाल टालेको एक दिन पछि बिरामीलाई घर पठाउन मिल्ने डा. नेपालको भनाई छ । नोवेलमा यो प्रविधिबाट मुटुको प्वाल टाल्ने बिरामीको संख्या अहिले बढेको छ । मुटु रोगको पहिचान, सबै प्रकारका मुटुका समस्याहरूको उपचार र नेपाल सरकारको विपन्न नागरिक औषधी उपचार कोष अन्तर्गतका सेवा उपलब्ध हुने भएकोले बिरामीलाई नोवेल आई उपचार गर्न सहज भएको महाप्रबन्धक दिपेश राईले जानकारी दिए ।

मुटु रोग, फोक्सो रोग, न्यूरो सर्जरी, न्यूरोलोजी, नेफ्रोलोजी, ग्यास्ट्रोइन्टेरोलोजी, अन्कोलोजी, इण्डोक्राइनोलोजी, हेपाटोलोजी, यूरो सर्जरी, ल्यापारोस्कोपिक सर्जरी, आई. भि. एफ., हेपाटो सर्जरी, बाथ रोग लगायतका विशिष्ट सेवाहरू सहितको एकै छाना मुनी सबै सेवा उपलब्ध भएकोले नोवेलमा पूर्वी नेपालका र भारतीय बिरामीहरूको चाप उच्च हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *