राष्ट्रपति पौडेल र श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्री, पीसी,एम पीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्ति उल्लेख गरिएको छ ।

सो अवसरमा नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोको विषयमा कुराकानी भएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *