नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता

काठमाडौँ । नेपाल वायुसेवा निगमसँग थाइ एयरवेजले ग्राउण्ड ह्याण्डलिङ सेवा लिन सुरु गरेको छ ।

नेपाल वायुसेवा निगम र थाइ एयरवेजबीच ग्राउण्ड ह्याण्डलिङ सेवा सम्झौता भएको हो ।

नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवालाई अझै राम्रो बनाउन थाइ एयरवेजले ८० थान ग्राम ग्राउण्ड ह्याण्डलिङ सम्बन्धित सामग्रीहरू समेत नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको छ ।

सामग्रीहरू नेपाल वायुसेवा निगमको स्वामित्वमा रहेगरी निगमका तर्फबाट कार्यकारी अध्यक्ष युवराज अधिकारी र थाइ एयरवेजको तर्फबाट थाइ एयरवेजका वेस्टर्न एण्ड मिडिल इस्ट मामिला प्रमुख नारिन्तोर्न सुक्कासियमले हस्ताक्षर गरेको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडलले बताए ।

उनले विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ लिनुले निगममाथिको विश्वास बढेको बताए ।

उनले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाइ एयरवेजले प्रयोग गर्दै आएको ८० थान ग्राम सागम्रीहरु नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गरेको पनि बताए । लामो समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाइ एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्न सहमति हुनु नेपाल एयरलाइन्सको विश्वसनीयता र नेपाल एयरलाइन्समाथि उठेको प्रश्नको जवाफ भएको बताए ।

उनले भने ‘विगत लामो समयदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको थाइ एयरवेजले नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याडलिङ लिन चाहेको हुँदा गएको २९ अक्टोबर, २०२३ देखि नेपाल वायुसेवा निगमको कमर्सियल ग्राउण्ड ह्याण्डलिङ सेवा लिइरहेको अवस्था छ । यसै सन्दर्भमा नेपाल वायुसेवा निगमको ग्राउण्ड ह्याण्डलिङ सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले थाइ एयरवेजले उसले प्रयोग गर्दै आइरहेको ८० थान ग्राउण्ड इक्वीपमेण्टहरु नेपाल वायुसेवा निगमलाई हस्तान्तरण गर्न चाहेअनुसार नेपाल सरकारको नियमानुसार स्वीकृति लिई मंसिर ३० गते हस्तान्तरण कार्यक्रम भएको छ । यसबाट थाइ एयरवेज र नेपाल एयरलाइन्सको बीचमा अझ राम्रो सम्बन्ध रहनेछ । र थाइल्याण्डको सरकारले राष्ट्रिय ध्वजावाहक थाइ सरकारले नेपालको ग्राउण्ड ह्याण्डलिङ सेवाको विश्वसनीयता र नेपाल वायुसेवा निगमको आइसाको प्रमाणित ग्राउण्ड ह्याण्डलिङ सेवा भनेर जुन भन्दै आएका छौँ, यसलाई मनन गरी यसको विश्वसनीयतालाई मनन गरी यो सेवा लिएकोमा थाइ सरकार तथा थाइ एयरवेज, थाइल्याण्डको राष्ट्रिय ध्वजावाहकप्रति आभार प्रकट गर्न चाहन्छौँ । नेपाल एयरलाइन्सले अहिले २९ वटा एयरलाइन्सहरूसँग एग्रिमेण्ट गरी ग्राउण्ड ह्याण्डलिङ सेवा प्रदान गर्दै आइरहेको छ । धेरै समयदेखि सेल्फ ह्याण्डलिङ गरेको थाइ एयरवेजले नेपाल एयरलाइन्ससँग कमर्सियल ग्राउण्ड ह्याण्डलिङ गर्न एग्रि हुनु र सहमति पश्चात् यो सेवा लिनु भनेको नेपाल एयरलाइन्सको विश्वसनीयता र नेपाल एयरलाइन्समाथि उठेको जुन प्रश्न थियो, आक्रमण गर्ने जुन प्रयास थियो, यही अवस्थामा थाइ एयरवेजले विश्वास गर्नु हाम्रो लागि एउटा सम्पत्ति हो । यसले नेपाल वायुसेवा निगमको यो सेवालाई अझ राम्रो छ भन्ने पुस्ट्याइँ हो ।’

प्रवक्ता पौडेलले थाइ एयरवेजले नेपाल एयरलाइन्समाथि विश्वास गर्नु एयरलाइन्समाथि भएको आक्रमण र उठेको प्रश्नको जवाफ भएको बताए । गत मंसिर १५ गते नागरिक उड्डयन प्राधिकरणले निगमले गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ प्रतिस्पर्धाबाट मात्र दिने निर्णय गरेको थियो ।

प्राधिकरणले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवा शुल्क नियमावली, २०७८ को नियम ५ (२) अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाको माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने’ निर्णय गरेको थियो । सो निर्णयसँगै निगमका कर्मचारीले ट्रेड युनियन सङ्घर्ष समिति बनाएरै आन्दोलन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *