यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

दिउँसो र राति पनि कोशी, बागमती र गण्डकीका केही भूभागमा आंशिक बदली रही बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।देशभरिको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक उपाय अपनाउन विभागले सबैमा अनुरोध गरेको छ ।

तापक्रम घटेकाले काठमाडौँमा दिउँसो घाम लागे पनि बिहान र बेलुका बढी जाडो महसुस गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *