वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी विरुद्ध मुद्दा दर्ता
मकालु खबर
२०८० पुस ११ गते
काठमाडौं । वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी विरुद्ध श्रीमती माथि घरेलु हिंसा गरेको भन्दै मुद्दा दर्ता भएको छ ।
भण्डारीकी श्रीमती जानकी पाण्डेले उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् ।
मुद्दामा भण्डारीले श्रीमती माथि घरेलु हिंसासँगै आर्थिक तथा मानसिक हिंसा गरेको अभियोग उल्लेख गरिएको छ ।
साथै भण्डारीले विवाह दर्ता गर्न नमानेको भन्दै श्रीमती पाण्डेले विवाह दर्ता कायमका लागि समेत मुद्दा दर्ता गराएकी छिन् । मुद्दाको पहिलो पेशी बिहिबारका लागि तोकिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।
भण्डारीले जानकी पाण्डेसँग २०७४ माघमा विवाह गरेपनि अहिलेसम्म विवाह दर्ता गरेका थिएनन् । श्रीमती पाण्डेले विवाह दर्ता माग्दा ज्यान मार्ने धम्की दिएका थिए ।
मकालु खबर
२०८० पुस ११ गते
प्रतिक्रिया
सम्बन्धित