एभर्टनमाथि सिटी हावी, चेल्सीको संघर्षपूर्ण जित

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीले यस खेलको पहिलो हाफमा १-० गोलले पछि परेको अवस्थामा दोस्रो हाफमा कमब्याक गर्दै जित हासिल गरेको थियो । म्यानचेस्टर सिटीका लागि फिल फोडेन, जुलियन अल्भारेज र बेर्नार्डो सिल्भाले एक एक गोल गरेका थिए । त्यस्तै एभर्टनका लागि ज्याक हारिसनले एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको १८ खेलमा ३७ अंकसहित चौथो स्थानमा उक्लिएको छ । एभर्टनको यो हारपछि १९ खेलमा १६ अंक रहेको छ र लिगमा १७औं स्थानमा रहेको छ ।

चेल्सीको संघर्षपूर्ण जित
गएराती सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसमाथि २-१ गोल अन्तरले पराजित गरेको छ । चेल्सीलाई खेलको ८९औँ मिनेटमा नोनी माडुएकेले पेनाल्टीमा निर्णायक गोल गर्दै जित दिलाएका थिए ।

यसअघि चेल्सीका लागि खेलको १३औं मिनेटमा मिखाइलो मुड्रिकले शुरुवाती गोल गरेका थिए भने खेलको ४५औं मिनेटमा क्रिस्टल प्यालेसका लागि माइकल ओलिसेले बराबरी गोल गरेका थिए ।

यो चेल्सीको यस सिजनमा सातौं जित हो । यो जितपछि १९ खेलमा २५ अंकसहित चेल्सी १०औं स्थानमा रहेको छ । क्रिस्टल प्यालेसको भने यस सिजनमा यो नवौं हार हो । यो हारपछि प्यालेसको १९ खेलमा १८ अंक रहेको छ र लिगमा १५औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *