राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको राख्दैछु : हर्क साम्पाङ

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले कार्यालयबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाउने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत साम्पाङले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्डको फोटो हटाएर प्रथम किराँती राजा यलम्बरको फोटो राख्ने चेतावनी दिएका हुन् ।

‘भोलि म राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएर यलम्बरको फोटो राख्दैछु, उनले भनेका छन्, ‘जुन दिन केन्द्रले धरानलाई महत्त्व दिन्छ त्यो दिन पुनः उनीहरूको फोटो टाँस्नेछु ।’

स्वतन्त्रबाट निर्वाचित उनले घरान उपमहानगरपालिकालाई केन्द्र सरकारले महत्त्व नदिएको बताउँदै आएका छन् । बुधबार मात्रै उनले धरान नेपालभित्रै पर्ने भन्दै प्रधानमन्त्रीलाई कटाक्ष गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *