सबै नेपाली मेरो लागि बराबर छन् : पूर्वराजा ज्ञानेन्द्र शाह
पूर्वराजा ज्ञानेन्द्र र राप्रपा शीर्ष नेताहरुबीच भैरहवामा भेट
मकालु खबर
२०८० पुस १८ गते
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ ।
पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।
बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए । भेटमा पूर्व राजाले सबै नेपाली आफ्नो लागि बराबर रहेको बताएका थिए ।
भेटमा आफु ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको बताएको राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक संजालमार्फत् जनाएका छन् ।
उनले फेसवुकमा लेखेका छन्– “हामी सबैले धेरै देख्यौ/बुझ्यौँ।
म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु।
मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो।
सबै नेपाली मेरो लागि बराबर छन्।”
मकालु खबर
२०८० पुस १८ गते
प्रतिक्रिया
सम्बन्धित