ब्राजिलियन लिजेन्ड मारियो जगालोको निधन

काठमाडौं । विश्व फुटबलमा ब्राजिलको दबदबा कायम राख्ने ब्राजिलियन लिजेण्ड मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ । खेलाडी र प्रशिक्षक दुवैको रूपमा आफ्नो असाधारण योगदानका लागि प्रख्यात मारियो जगालोले ब्राजिलले चार पटक विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका थिए ।

उनले १९५८ र ६२ मा विश्वकप फाइनलमा एक विङ्गरको रूपमा आफ्नो सानदार को प्रदर्शन गरेका थिए । ब्राजिलको प्रारम्भिक सफलताको लागि यो एउटा ‘जग’ थियो । उनले प्रशिक्षकको रूपमा पनि फुटबल इतिहासमा अमिट छाप छोडेका छन् ।

१९७० को विश्वकपमा ब्राजिलको टोलीको नेतृत्व गरेका थिए । पेलेको नेतृत्वमा रहेको त्यस टिमलाई विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट मानिन्छ । यत्तिको बलियो टिम विश्व फुटबलमा बनेकै छैन भनिन्छ ।

यसरी ब्राजिलले तेस्रो पल्ट विश्वकप जित्दा उनी प्रशिक्षक थिए, यसैक्रममा खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्व फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने दुर्लभ उपलब्धि हात पारे । सन् १९९४ मा ब्राजिलले फेरि विश्वकप जित्यो र त्यति बेला उनी टिमका सहायक प्रशिक्षक थिए । उनको निधनसँगै ब्राजिली फुटबलको इतिहासकै एक अध्याय सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *