माओवादीको पदाधिकारी बैठक बस्दै
मकालु खबर
२०८० पुस २२ गते
काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेवदार टुंग्याउन सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।
बालुवाटारमा सत्ता गठबन्धनको बैठकले दलहरूले पाउने सीट संख्या टुंग्याएसंगै पदाधिकारी बैठक बस्न लागेको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।
‘सत्ता गठबन्धन राष्ट्रिय सभाको सीट बाँडफाँडको अन्तिम तयारीमा छ । यो बैठकलगत्तै बालुवाटारमै माओवादीको पदाधिकारी बैठक बस्दैछ । बैठकले हामीले पाउने सीटमा उम्मेदवार तय गर्नेछ,’ उनले भने ।
सत्तारुढ दलको भागबन्डामा माओवादीले ६ सीट पाएको छ ।
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि भोलि सातवटै प्रदेशमा उम्मेदवारी दर्ता हुँदैछ ।
मकालु खबर
२०८० पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित