सर्लाहीको बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति
मकालु खबर
२०८० पुस २२ गते
सर्लाहीको बरहथवामा आन्दोलनरत पक्ष र प्रशासनबीच ११ बुँदे सहमती भएको छ।
अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतकका आफन्त र प्रशासनबीच ११ बुँदे सहमति भएको हो।
घटनाका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने , मृतकका आफन्तलाई रोजगारी दिने सहमतीमा उल्लेख छ।
आन्दोलनरत पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिने र पोष्टमार्टमपछि आफन्तले शव बुझ्ने सहमतीमा उल्लेख छ।
गत शुक्रबार मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको हो।
बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर साहको मृत्यु भएको थियो।
मकालु खबर
२०८० पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित