डा.गोविन्द केसी प्रहरीको नियन्त्रणमा
मकालु खबर
२०८० पुस २४ गते
काठमाडौं । माइतीघरको निषेधाज्ञा तत्काल फिर्ता गर्नुपर्नेसहितका माग राखेर प्रदर्शनमा उत्रिएका डा. गोविन्द केसी पक्राउ परेका छन् ।
उनलाई प्रहरीले काठमाडौं महानगरपालिका वडा ११ स्थित माइतीघर मण्डलाबाटै पक्राउ गरेको हो । ४ बुँदे माग राख्दै प्रदर्शनमा उत्रिएका उनलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
विगतमा भएका सहमति पालना गनुपर्ने, माइतीघरको निषेधित क्षेत्र हटाउनुपर्ने, संक्रमणकालीन न्याय प्रक्रिया तत्काल टुंगोमा पुर्याउनुपर्ने र चिकित्सा शिक्षा आयोगका निर्देशकहरूको नियुक्ति अगाडि बढाउनुपर्ने माग उनले अघि सारेका छन् ।
डा. केसीसँगै अर्का एक जना पनि पक्राउ परेका प्रहरीले जनाएको छ ।
मकालु खबर
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित