राष्ट्रियसभा निर्वाचनका लागि सत्ता गठबन्धनले गठन गर्‍यो समन्वय समिति

सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचन गठबन्धनको पक्षमा पार्न राष्ट्रियसभा निर्वाचन समन्वय समिति गठन गरेको छ । गठबन्धनको बैठकले मंगलबार समिति गठन गरेको हो ।

समितिमा कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र जनता समाजवादी पार्टीबाट मनिष सुमन रहेका छन् ।

सत्ता गठबन्धनका १९ जना उम्मेदवारलाई जिताउन दलहरुसँग समन्वय गर्नका लागि समितिले काम गर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *