चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन कृषिमन्त्रीको निर्देशन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले चैतभित्र दुग्ध किसानलाई भुक्तानी दिन निर्देशन दिएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन् । उनले दुग्ध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा नदेखिएकाले दुग्ध विकास संस्था (डिडिसी) का महाप्रबन्धक सञ्जीव झालाई जिम्मेवारीबाट हटाएको बताए ।

उनले संस्थानको ऋण बढाउने तर किसानको भुक्तानी समेत नदिएकाले जिम्मेवारबाट हटाएको बताए । उनले चैतभित्रमा किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको भन्दै अहिले डिडिसीको मात्रै नभएर प्राइभेट क्षेत्रबाट पनि किसानहरूले भुक्तानी नपाएको समस्या रहेको बताए ।

उनले धान उत्पादनको धेरै महत्व रहेकाले तराईमा सिँचाइ सुविधा पु¥याउन आवश्यक रहेको बताए । उनले तराईमा पानीको मुहान सुक्दै गएकाले चुरेको फेदबाट पूर्वपश्चिम नहर बनाउन आवश्यक रहेको बताए । उनले कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टर मध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती भएको र ६८ प्रतिशत हिस्सा तराईमा भए पनि १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुने गरेको बताए ।

उनले भने ‘धान उत्पादनको महत्व ठूलो छ । आर्थिक वर्ष २०७८÷७९मा लिएको कृषि गणनाअनुसार ३० लाख ९१ हजार हेक्टरमा खेती गरिरहेका छौैं । त्यसमध्येको १४ लाख ७७ हजार हेक्टर क्षेत्रमा धान खेती गरिएको छ । धान खेतीको ६८ प्रतिशत हिस्सा तराईमा हो । तर १७ प्रतिशत मात्रै बालिमा सिँचाइ हुन्छ । बाँकी आकाशे पानीको भरमा हो । आकाशबाट पानी आयो खेती हुन्छ नभए हुँदैन । त्यसैले तराईमा सिँचाइमा जोड दिन खाजेको हो । तराईमा पानीको फमहरु सुक्दै गएकाले चुरे फेदीबाट पूर्वपश्चिम नहर बनाउनु पर्छ । नदी प्रणालीलाई जोड्नुपर्छ । त्यो गर्नुको विकल्प छैन । त्यो नगर्ने हो भने तराई मधेस मरुभूमि हुन्छ । हामी अनिकालले मर्छौँ । भारतले धान निर्यात नगर्ने भनेको छ । विश्वमा खाद्य संकट आउँदै छ । मुलुकको खाद्य भण्डार कहाँ हो भन्ने थाहा पाएनौँ र हामीसँग भएको जमिनलाई प्रयोग गर्न सकनौं भने हामी खाद्यन्नमा समस्यामा पछौं । डिडिसीको आम्दानी नगर्ने ऋण मात्रै थुपार्ने र किसानलाई भुक्तानी नगर्न र आम्दानीको रकम कहाँ गएको छ थाहा नभएकाले हामीले केही कदम चालेका छौं । चैतभित्रमा नै किसानहरूको दुग्धको भुक्तानी दिन निर्देशन गरेको छु । यहाँ डिडिसीको मात्रै होइन यसको भन्दा बढी प्राइभेट क्षेत्रको धेरै छ ।’

मन्त्री भुसालले तराईमा खाद्यन्न उत्पादन वृद्धिको लागिचुरे फेदीबाट पूर्वपश्चिम नहर बनाएर नदी प्रणाली जोड्नुको विकल्प नभएको बताए । उनले नदी प्रणाली जोड्न नसके तराई मधेस मरुभूमि हुने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *