राष्ट्रिय टिमका कप्तान पौडेलले छाडे आर्मी
मकालु खबर
२०८० पुस २६ गते
काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले विभागीय क्लब त्रिभुवन आर्मी छाडेका छन् ।
त्रिभुवन आर्मी क्लबका क्रिकेट प्रशिक्षक चन्द्र सावदले रोहितले केही दिनअघि क्लब छोडेको पुष्टि गरे । रोहित अब अर्को विभागीय क्लब सशस्त्र प्रहरी बल (एपीएफ) बाट व्यावसायिक क्रिकेट खेल्नेछन् ।
उनी पछिल्लो केही वर्षयता आर्मी क्लबबाट प्रतियोगिता खेल्दै आएका थिए । आर्मीमा जोडिनुअघि रोहित एपिएफमा आबद्ध थिए ।
उनले सन् २०१८ मा एपिएफबाट खेलेर प्रधानमन्त्री कपको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेका थिए ।
मकालु खबर
२०८० पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित