चिरायु नेसनल हस्पिटलको निःशुल्क आँखा जाँच तथा रेटिनोप्यथि शिविर, २ सय बढीले लिए सेवा
काठमाडौँ । काठमाडौँको बसुन्धारास्थित चिरायु नेसनल हस्पिटलले निःशुल्क आँखा जाँच तथा रेटिनोप्यथि शिविर गरेको छ । शनिबार आयोजना गरिएको निःशुल्क शिविरमा २ सयभन्दा बढीले सेवा लिएका हुन् ।
वरिष्ठ आँखा विशेषज्ञ डा. संयम बजिमाईको नेतृत्वमा सञ्चालन भएको शिविरमा निःशुल्क आँखा परीक्षण सँगै डायबिटिज (मधुमेह) रोग सम्बन्धित जानकारी र परामर्श पनि दिइएको अस्पतालले जनाएको छ । कार्यक्रममा मधुमेह रोगको हालको अवस्था, यसले आँखामा पर्ने असर र यसबाट बच्ने उपायहरूबारे पनि डा. सम्यम बजीमाईले जानकारी दिएका थिए ।
बिहान ९ बजेदेखि दिउँसो ४ बनेसम्म सञ्चालन गरिएको शिविरमा करिब २०० जना सेवाग्राहीहरूले निःशुल्क परामर्श लिएका छन् । योसँगै चिरायु हस्पिटलमा अब वरिष्ठ आँखा विशेषज्ञ डा. सम्यमकै नेतृत्वमा आधुनिक प्रविधिसहितको अपथाल्लमोलोजी सेवा विस्तारित गरिने हस्पिटलका बिजनेस डेभलपमेन्ट अफिसर वसन्त खनालले जानकारी दिए । तीव्र गतिमा बढ्दै गइरहेको डायबिटिज बिरामीहरूलाई मध्यनजर गर्दै वरिष्ठ डायबिटोलोजिस्ट डा. अजय प्रधानको नेतृत्वमा हस्पिटलभित्रै डडेडिकेटेड चिरायु डायबिटिज सेन्टर सञ्चालन भइरहेको उनको भनाई छ ।
विगत लामो समयदेखि गुणस्तरीय सेवामा समर्पित हुँदै आएको चिरायु नेशनल हस्पिटलमा दक्ष एवम् अनुभवी डाक्टरहरूद्वारा विभिन्न सेवाहरू उपलब्ध छन् ।