म्यानचेस्टर र टोटनह्यामको २-२ को रोमाञ्चक बराबरी

काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड र टोटनह्यामबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र टोटनह्याम २-२ गोलको बराबरीमा रोकिएका हुन् ।

म्यानचेस्टर युनाइटेडले खेलमा दुई पटक अग्रता बनाए पनि सो अग्रता जोगाउन नसक्दा अंक बाड्नु परेको थियो । खेलको तेस्रो मिनेटमा नै रासमस होजलण्डको गोलमा अग्रता लिएको म्यानचेस्टर युनाइटेडले खेलको १९औं मिनेटमा गोल खाएको थियो । टोटनह्यामका लागि रिचार्लिशनले बराबरी गोल गरेका थिए । त्यसपछि खेलको ४०औं मिनेटमा मार्कश राशफोर्डले गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई पुन: अग्रता दिलाएका थिए । तर दोस्रो हाफको पहिलो मिनेटमा नै टोटनह्यामका रोड्रीगो बेन्टानकरले गोल गर्दै खेल बराबरी गरे ।

यो बराबरीपछि टोटनह्यामको २१ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा रहेको छ । म्यानचेस्टर युनाइटेडको भने २१ खेलमा ३२ अंक भएको छ र लिगमा सातौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *