प्रदीपको प्रश्न : नेपालमा फिल्म टुरिजमको महत्वलाई किन बुझिरहेका छैनौँ ?

काठमाडौँ । अभिनेता प्रदीप खड्काले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत चलचित्र विकास बोर्ड हुँदा प्रपोगाण्डाको विषयका रुपमा मात्रै हेरिनसक्ने आशङ्का व्यक्त गरेका छन् ।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले फिल्म सञ्चार मन्त्रालय अन्तर्गत राख्दा आफूलाई चलचित्र कम्युनिकेसनको माध्यम बढी हो वा संस्कृति तथा पर्यटनको क्षेत्र बढी हो भन्ने उत्सुकता रहेको बताए । उनले प्रचारको लागि चलचित्रको भुमिका महत्वपूर्ण रहेको दाबी गरे ।

उनले भने ‘चलचित्रले प्रचारको एकदमै ठूलो भुमिका खेलेको छ । पर्यटन प्रवर्द्धनका लागि पनि यसले धेरै नै काम गरेको छ । तर फिल्म सञ्चार मन्त्रालय अन्तर्गत गएर बसेको छ । कम्युनिकेसनको माध्यम बढी हो वा कल्चरको हो वा पर्यटनको हो यसमा उत्सुकता बढी भएको छ मलाई । नेपालमा हामी फिल्मलाई किन आकर्षित गरिरहेका छैनौँ ? किन मेकिङ, फिल्म टुरिजमको विशेषतालाई वा महत्वलाई किन बुझिरहेका छैनौँ । वा फिल्मलाई कल्चरको पाटो हो भनेर किन प्रवर्द्धन गर्न सकिरहेका छैनौँ । सञ्चार मन्त्रालयअन्तर्गत बोर्ड हुँदा के थाहा यसलाई प्रोपोगाण्डाको विषयका रुपमा मात्रै हेरिएको छ की ?’

अभिनेता खड्काले नेपालमा चलचित्र छायाङ्कनका लागि विदेशीहरूलाई आकर्षित गर्न नसकिएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *