गरिमा विकास बैंकको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ कर्जा सार्वजनिक
काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले रु ५० लाख सम्मको ‘आफ्नै घर–आफ्नै व्यवसाय’ सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सार्वजनिक गरेको छ ।
बैंकले कर्जा सम्बन्धी सम्पूर्ण कागजात पेस गरेको २ कार्यदिनभित्र स्वीकृत हुने र गरिमा सरल एसएमर्ई ओभरड्राफ्ट कर्जामा मात्र ०.७५ प्रतिशत र आवधिक कर्जामा मात्र १ प्रतिशत प्रिमियमका साथ नयाँ उद्यमीहरूलाई लक्षित गरि यो योजना सार्वजनिक गरिेएकोे जनाएको छ ।
यो योजन अन्तर्गत व्यवसाय÷उद्यम सुरुवात वा विस्तार गर्ने प्रयोजनको लागि गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सुविधा लिन इच्छुक ग्राहकहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको कुनै पनि शाखा कार्यालयबाट यो सेवा प्राप्त गर्न सक्नेछन् ।
हाल गरिमा विकास बैंक लिमिटेडले देशभर १२३ शाखा कार्यालय, ५१ एटिएम र डिजिटल बैंकिङ्ग मार्फत करिब ८ लाख ग्राहकहरूलाई बैकिङ्ग सेवा प्रवाह गर्दै आइरहेको छ ।