लक्ष्मी सनराइज बैंकद्वारा ‘ई–कमर्स अक्वायरिङ’ सेवा सञ्चालनमा

काठमाडौँ । लक्ष्मी सनराईज बैंकले ‘ई–कमर्स अक्वायरिङ गेटवे’ सेवा सञ्चालनमा ल्याएको छ ।

नेप्स अन्तर्गत ई–कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ ।

यो सेवा नेप्स र VISA को सहायक संस्था, Cybersource सँगको सहकार्यमा विकास गरेको हो ।

यस सेवाको सञ्चालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरूले ई–कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् ।

ई–कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ति ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्दछ । उक्त प्लेटफर्मबाट व्यापारीहरूले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् ।

उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सक्नु हुनेछ । तसर्थ यो सुविधाले देशको ई–कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।

लक्ष्मी सनराईज बैंकले देश भर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ ATM,१४१ शाखा रहित बंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमार्फत आफ्नो सेवाहरू प्रधान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *