रश्मिकाको ‘डिपफेक’ भिडिओ बनाउने इमानी पक्राउ
मकालु खबर
२०८० माघ ८ गते
काठमाडौं । भारतीय अभिनेत्री रश्मिका मन्दानाको ’डिपफेक’ भिडिओ बनाउने व्यक्ति पक्राउ परेका छन् ।
डिपफेक भिडियो बनाउने इन्जिनियर इमानी नवीनलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नयाँ दिल्ली प्रहरीको टिमले डिपफेक बनाउने नवीनलाई आन्ध्र प्रदेशबाट पक्राउ गरेको हो ।
इमानीले आफ्नो सामाजिक सञ्जालमा फलोअर्स बढाउन डिपफेक भिडिओ बनाएको बताएका छन् ।
उनीहरूलाई पक्राउ गरेपछि रश्मिकाले दिल्ली प्रहरी प्रशासनलाई धन्यवाद दिएकी छन् । उक्त भिडिओमा रश्मिकाको अनुहार अर्काे महिलाको अनुहारमा राखिएको थियो । उनी कालो पहिरन लगाएर लिफ्टमा चढिरहेकी देखाइएको थियो ।
मकालु खबर
२०८० माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित