१ देखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराइने

काठमाडौँ । सरकारले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी अस्पतालहरूमा नर्सिङ अध्यापन गराउने भएको छ ।

सोमवार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले यस्तो बताएका हुन् ।

सचिव पोखरेलले १ सयदेखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने बोर्डले पास गरेको उल्लेख गरे । उनले १ सयदेखि ३ सय शैय्यासम्मका सरकारी प्रदेश तथा क्षेत्रीय अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पढाउने तयारी गरेको बताए ।

उनले आगामी तीन दिनभित्र निर्णयको लागि मन्त्रीपरिषद्मा लैजाने बताए । उनले ३ सय शैय्याका अस्पतालहरूका एमबिबिएस शिक्षा पनि दिने तयारी रहेको दाबी गरे । उनले नर्सिङ पढाउनेलाई स्टाप र ब्याचलर नर्स दुई कोर्स एउटै अस्पतालमा पढाउनुपर्ने व्यवस्था गर्ने बताए ।

उनले दुई तहलाई दुई वटा अस्पताल दिनसक्ने अवस्था नभएको बताए । १५ शैय्या सम्मका स्थानीय तहका अस्पतालहरूमा एमबिबिएस डाक्टर सरकारले पठाउन नसक्ने उनको भनाई छ ।

स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको भन्दै नयाँ जनशक्ति लिन सक्दिने अवस्था नभएको स्पष्ट पारे । उनले स्वास्थ्य मन्त्रालयले लोकसेवा आयोगमार्फत प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसर लिइरहेको बताए ।

उनले भने ‘स्वास्थ्य मन्त्रालयले १ सय देखि ३ सय बेडसम्मका सरकारी अस्पतालहरूमा नर्सिङ पढाउने गरी बोर्डले पास गरेका छौं । अबको तीन दिन भित्र मन्त्रीपरिषद्मा लैजान्छौँ । हामी के चाहन्छौं भने १ सय वा २ सय बेड भएका अस्पतालहरूमा प्रत्येक प्रदेश वा साबिकका अञ्चल अस्पतालहरूमा राज्यले दायित्व लिएर नर्सिङ पडाउँछौँ । यसको लागि समन्वय गछौं । ३ सय बेडका अस्पतालहरूका एमबिबिएस शिक्षा नै गर्छौं । नर्सिङ पढाउनेलाई स्टाप र ब्याचुलर नर्स दुई वटै भनेका छौं । दुई तहलाई दुई वटा अस्पताल दिन सकिँदैन । ३ सय बेडमा ठूला अस्पतालहरूले स्टाप नर्स पढाउन छोड्न नहुने भनेका छौं । १५ बेड सम्मका अस्पतालहरूमा एमबिबिएस डाक्टर पठाउन सक्दैनौँ । त्यहाँ सरकारले पठाउने भनेकै स्टाप नर्स हो । स्वास्थ्य मन्त्रालयसँग भएको २६ सय दरबन्दीमा सबै पूरा रहेको छ । त्यो भएकाले नयाँ जनशक्ति लिन सक्दिन । लोकसेवा आयोगमा प्रत्येक वर्ष केन्द्रीय दरबन्दीमा २० जनासम्म मेडिकल अफिसरको लागि भर्ना खालेका छौं ।’

सचिव पोखरेलले चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको बताए । उनले चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड र पुँजीगततर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको उल्लेख गरे । धेरै आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको तर वैदेशिक खर्च २९ प्रतिशत हिस्सा बजेटमा भएपनि खर्च नहुँदा पुँजीगत खर्च कम देखिएको बताए ।

उनले भने ‘चालु आर्थिक वर्षको स्वास्थ्य मन्त्रालयको ४९ अर्ब ८० करोड बजेटमा पछिल्लो ६ महिनामा १० अर्ब ४१ करोड अर्थात् करिब २१ प्रतिशत खर्च भएको छ । चालु तर्फको ३७ अर्ब रुपैयाँमा ७ अर्ब ९० करोड खर्च भएको छ भने पुँजीगत तर्फ १२ अर्ब ७३ करोडमा २ अर्ब ५१ करोड गरी २० प्रतिशत पुँजीगत खर्च भएको देखिएको छ । केन्द्रीय सरकारले गर्नुपर्ने आयोजनाहरूको टेण्डर प्रक्रिया अगाडि बढिसकेको र माघ महिनाको अन्तिममा अझ बढ्ने अवस्था छ । वैदेशिक खर्च २९ प्रतिशत हिस्सा भएको हुनाले संयुक्त वित्तीय सम्झौता पछि मात्रै हुने भएकाले वैदेशिक खर्च नभएको अवस्था छ । त्यसले गर्दा पुँजीगत खर्च कम देखिएको छ । मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत छन् । कार्यक्रम भइरहेका ३५ प्रतिशत र कार्यक्रम सुरु नभएका १६ प्रतिशत रहेका छन् । कार्यक्रम सुरु नहुनुमा जग्गा प्राप्तिका समस्याका कारण पुस अन्तिमसम्म कार्यक्रम सुरु गर्नुपर्ने थियो ।’

उनले मन्त्रालयको भौतिक प्रगतिमा कार्यक्रम सम्पन्न भएका ४८.३ प्रतिशत रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *