लुम्बिनीका दुवै सिटमा गठबन्धनका उम्मेदवार विजयी
मकालु खबर
२०८० माघ ११ गते
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत लुम्बिनीका दुवै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
बिहीबारको भएको निर्वाचनमा महिला कोटामा नेपाली कांग्रेसकी उम्मेदवार विष्णुकुमारी सापकोटा दुई हजार ७५६ मतभारसहित निर्वाचित भएकी छिन् ।
उनले नेकपा (एमाले)की तुलसाकुमारी केसीलाई पराजित गरिन्। केसीले एक हजार ५३७ मतभार प्राप्त गरिन् ।
अन्य कोटामा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार झक्कु सुवेदी निर्वाचित भए । सुवेदी दुई हजार ७५६ मतभारसहित विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा (एमाले) का झपेन्द्रबहादुर घर्ती क्षेत्रीले एक हजार ६४३ मतभार प्राप्त गरे ।
जनमत पार्टीका बालगोविन्द चौधरीले २ सय १२ मतभार प्राप्त गरे । १०६ मतभार बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
मकालु खबर
२०८० माघ ११ गते
प्रतिक्रिया
सम्बन्धित