कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्यमा निर्वाचित

काठमाडौं । कोशीमा प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा सदस्य निर्वाचित भएका छन् ।

सिटौला पाँच हजार दुई सय ९२ मतभारसहित निर्वाचित भएका हुन् ।

सिटौलालाई कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको समर्थन थियो ।

सिटौलाका प्रतिस्पर्धी राप्रपाका उद्धव पौडेल थिए ।

उनले चार हजार पाँच सय ६२ मतभार ल्याएका छन् ।

गठबन्धनका सदस्यले ’फ्लोर क्रस गर्दा महिलामा भने एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन् ।

राष्ट्रियसभा चुनावमा सहकार्य गरेका एमाले र राप्रपाका गरी कोशी प्रदेशसभामा ४६ सांसद छन् । सत्ता गठबन्धनमा भने ४७ सांसद छन् ।

कोशी प्रदेशमा प्रदेश र स्थानीय तहमा गरी एमालेको मतभार ४ हजार २४८, काँग्रेसको ३ हजार ६८४, माओवादी केन्द्रको १ हजार २७८, राप्रपाको ३९४, नेकपा एकीकृत समाजवादीको ३४५, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार छ ।

कोशीमा राप्रपा र एमाले मिलेपछि गठबन्धनसँगको मतभार अन्तर ७९४ मा झरेको थियो ।

सत्ता गठबन्धनसँग ५४३६ मतभार छ । एमाले र राप्रपाको मतभार ४ हजार ६४२ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *