सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको छैठौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लि.को छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहीबार आम्रपाली बैंक्वेट, नक्साल, काठमाण्डौंमा उक्त साधारण सभा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष तारा चन्द केडियाको अध्यक्षतामा सञ्चालन भएको साधारण सभामा सभाध्यक्षले स्वागत मन्तव्य राख्नुको साथै वार्षिक विवरण समेत पेस गरेका थिए ।

उक्त सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने अघिल्लो आ.व ०७८/७९ वार्षिक प्रतिवेदन सहित साबिक सानिमा लाइफ इन्स्योरेन्स लि। तथा रिलायन्स लाइफ इन्स्योरेन्स लि. का आ.व.२०७८/०७९ को लेखापरिक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।

साथै आ.व ०७८ /७९ को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।

सो सभामा संस्थापक शेयरधनी समूहको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक कुमार प्रसाद कोइराला, श्री रतनलाल केडिया, डा.सुवर्ण दास श्रेष्ठ र श्री भरत कुमार तोदी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट  प्रतिनिधित्व गर्ने दुई जना सञ्चालक केशव राज के.सी. र परीक्षित खेम्का निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *