कर खारेजीको माग गर्दै सोमवार देशभरका सिनेमा घर बन्द
मकालु खबर
२०८० माघ २२ गते
काठमाडौँ । सोमवार देशभरका सिनेमा घरहरू बन्द भएका छन् ।
नेपाल चलचित्र सङ्घले सरकारले लगाएको अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रूपमा मुलुकभरका फिल्म हलहरू बन्द गरिएका हुन् ।
सङ्घले चलचित्र क्षेत्रलाई विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न बाध्य पारिएको भन्दै मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य कर नलगाउने संहितविपरीत थप कर लगाइएको आरोप लगाएको छ ।
सिनेमा हलहरूमा सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै साँकेतिकरुपमा विरोध स्वरूप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरू बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको कुरा उल्लेख गरिएको छ ।
मकालु खबर
२०८० माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित