पहिला बलिङमा नेपाल, आकाश चन्दको डेभ्यु
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेल खेलिरहेको छ । क्यानडाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङ गरिरहेको हो ।
आजको खेलमा नेपालले तीन परिवर्तन गरेको छ । नेपालले आजको खेलमा कुशल भुर्तेल, आरिफ सेख र ललित राजवंशीलाई आराम दिएको छ भने आकाश चन्दले एकदिवसीय डेभ्यु गर्ने भएका छन् । आजको टिममा अनिल शाह र देव खनाललाई प्लेइङ ११ मा समावेश गरिएको छ ।
नेपालको प्लेइङ-११ रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल मल्ल, देव खनाल, भीम सार्की, पवन सर्राफ, रिजन ढकाल, सूर्य तामाङ, आसिफ शेख, सोमपाल कामी र आकाश चन्द ।
यस अघि बिहीबार सम्पन्न सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गर्दै सिरिजमा १–० ले अगाडी रहेको छ । नेपालले यो खेल जितेर सिरिजमा आफ्नो कब्जा सुनिश्चित गर्न चाहने छ भने क्यानडाले यो खेल जितेर सिरिजमा कमब्याक गर्न चाहने छ । नेपालले सिरिजको तेस्रो खेल १२ फेब्रुअरी अर्थात् माघ २९ गते हुने छ ।