कुशल मल्लले लिए क्यानडाको तेस्रो विकेट

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ । क्यानडाविरुद्धको खेलमा नेपालले १९औं ओभरमा तेस्रो विकेट लिएको हो ।

नेपालका लागि कुशल मल्लले क्यानडाका ३ रन बनाएर खेलिरहेका निकोलस किर्तोनलाई आउट गरेका हुन् । नेपालका लागि यसअघि आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल क्यानडाले १९.२ ओभरमा ३ विकेट गुमाएर ७७ रन बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *