क्यानडाविरुद्ध नेपाललाई चौथो सफलता, धालिवालको विकेट ललितको नाममा

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई चौथो सफलता मिलेको छ । क्यानडाविरुद्धको खेलमा नेपालले २७औं ओभरमा चौथो विकेट लिएको हो ।

नेपालका लागि ललित राजबंशीले क्यानडाका ५० रन बनाएर खेलिरहेका नवनीत धालिवाललाई आउट गरेका हुन् । नेपालका लागि यस अघि कुशल मल्ल, आकाश चन्द र हेमन्त धामीले एक एक विकेट लिएका थिए ।

यो समाचार तयार गरुन्जेल क्यानडाले ३०.४ ओभरमा ४ विकेट गुमाएर १११ रन बनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *