महानगरले माग्यो सातौँ र आठौँ तहका लागि कर्मचारी
मकालु खबर
२०८० फागुन १ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो ।
दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ । मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ ।
मकालु खबर
२०८० फागुन १ गते
प्रतिक्रिया
सम्बन्धित